ललितपुरमा एक युवक मृत भेटिएका छन्।
गोदावरी नगरपालिका-५ लेले सिजापती गाउँमा डेरा गरी बस्ने बैतडी घर भएका ३१ वर्षीय शैलेन्द्र धानुक आफ्नै कोठामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
उनको मृत्युको कारण खुलेको छैन। शव पोस्टमार्टमको लागि अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
त्यसैगरि दाङमा पनि एक जना मृत भेटिएका छन्। राप्ती गाउँपालिका-३ तल्लो मसुरिया बस्ने ५० वर्षीय राजु चौधरी स्थानीय कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरि तेह्रथुमको फेदाप गाउँपालिका-२ नेवई बस्ने ४९ वर्षीय तारा बीर लिम्बुको पनि शव भेटिएको छ।
स्थानीय घर्ते खोला नजिक मंगलबार उनको शव फेला परेको हो। यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
156
Shares

प्रतिक्रिया