गएराति दार्चुलामा भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारीका अनुसार आज बिहान तीन बजेर ५१ मिनेट जाँदा दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको शक्ति ४.२ म्याग्निच्युड मापन गरिएको अधिकारीले बताए।
यसअघि यही चैत ३ गते पनि दार्चुलाको सिटौला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त भएको छैन।
नेपाल हिमालय क्षेत्र भएकाले यहाँ बारम्बार सानाठूला भूकम्प जाने गरेको भूकम्पविद्हरू बताउँछन्।
252
Shares

प्रतिक्रिया