समाज


बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

नीरज गौतम
असार २५, २०७६ बुधबार ११:२५,

दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबानमा परेको छ।

सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए।

बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पु¥याएको छ। सोमबार र मंगलबार रातभरि परेको पानीले डुडुवामा बाढी आउँदा डुडुवा गाउँपालिकाको बेतहनीमा केही घरसमेत डुबानमा परेको अध्यक्ष चौधरीले बताए। बाढीका कारण सो गाउँपालिकाको वडा नं ३ राजारामपूर्वाका मोलहे अहिरका तीन भैँसी मरेका छन्। भैैँसीलाई बाढीले बगाएको थियो।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको राप्ती नदीमा बाढी आउन सक्ने सम्भावनाका कारण नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी गराए।

यसैगरी नेपालगञ्जमा परेको दुई दिन देखिको अविरल वर्षाका कारण नगरका होचा बस्ती डुबानमा परेका छन्। ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका हुन्। नालाको निकास नहुँदा स्थानीय बेलासपुर, रानी तलाउ, महेन्द्रपार्क, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्य भएका छन्।

ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज– १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ। थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिकाले तदारुकता नदेखाएकोे स्थानीयवासीको गुनासो छ। एशियाली विकास बैंकको अर्बौं ऋण सहयोग खर्च गरेर नगरभरि सडक र नाला बने पनि डुबान समस्या समाधान नहुँदा नेपालगञ्जवासी आक्रोशित भएका छन्।

नगर प्रमुख डा. धवलशम्शेर राणाले अर्को वर्षदेखि डुबानको समस्या नरहने प्रतिक्रिया दिएका छन्। ‘नाला सफा गर्ने मेसिन किन्दैछौँ, अर्को वर्षको वर्षात्अगावै नेपालगञ्जका सबै नाला मर्मत गरेर सफाइ गरिनेछ’, नगर प्रमुख राणाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad