समाज


जलवायु परिवर्तन सम्बन्धी छुट्टै कानून बनाउन विज्ञको सुझाव

जलवायु परिवर्तन सम्बन्धी छुट्टै कानून बनाउन विज्ञको सुझाव

नेपालखबर
असार २५, २०७६ बुधबार ११:२१,

विज्ञहरुले जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानूनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्। 

वातावरणविद् डा. विमल रेग्मीले जलवायु परिवर्तनसम्बन्धी समस्या समाधानका लागि छुट्टै कानूनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन्।

बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले जलवायु परिवर्तनको समस्या विश्वकै समस्या भएकाले यसको समाधानका लागि सरकारले छुट्टै कानूनी तथा नीतिगत संरचना तयार पार्नुपर्ने पनि स्पष्ट पारे।

अर्का विज्ञ रामप्रसाद रेग्मीले जलवायु परिवर्तनको अवस्थाबारे वैज्ञानिक अध्ययन गर्न सरकारसँग आग्रह गरे। जलवायु परिवर्तनले पारेको असरबारे तथ्यांक संकलन नभई यसको समस्या समाधान गर्न नसकिनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

विज्ञहरुले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त गराउन स्थानीय तहकै जनशक्तिको उचित परिचालन गनुपर्नेमा पनि जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad