ad ad

समाज


लकडाउनमा धमाधम हुँदैछ ट्राफिकमैत्री बोर्ड निर्माण

लकडाउनमा धमाधम हुँदैछ ट्राफिकमैत्री बोर्ड निर्माण

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १२:३८,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मतसमेत जारी राखेको छ। महाशाखाले काठमाडौं उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा ‘पर्ख, हेर र जाउ’ (स्टोप, लुक एण्ड गो) लेखिएको संकेत बोर्डहरू २५० स्थानमा राखेको छ।

यस्ता बोर्डहरू शङ्खमुल, बानेश्वर, कोटेश्वर, थापागाँऊ, अनामनगर, गौशाला, डिल्लीबजार, पुत्तलीसडक, कमलपोखरी, लाजिम्पाट, सोह्रखुट्टे, कालीमाटी, कंलकी, जावालाखेल, चापागाउँ आदि स्थानका सडकहरूमा राखिएका छन्।

ट्राफिक प्रहरी र कामदारहरुबीच भौतिक तथा समाजिक दूरी कायम राख्दै उच्च सतर्कता र सुरक्षाका उपायहरू अपनाउँदै काम भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए।

एसएसपी ढकालले भने, ‘सवारी चालकले भित्री सडकबाट मुख्य सडकहरूमा निस्कँदा पर्ख, हेर र जाउ (स्टोप, लुक एण्ड गो) भन्ने ट्राफिक नियमको पालना नगर्दा त्यस्ता चोक जक्सनमा हुने सवारी दुर्घटना तथा ट्राफिक जामलाई न्यूनिकरण गर्न र चालकहरूलाई स्वअनुशासित बनाउन यस्ता (स्टोप, लुक एण्ड गो) लेखिएको संकेत बोर्डहरू राखेका हौँ।’

उक्त बोर्डहरू नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले ५० थान र ग्लोबल आईएमई बैंकले २०० थान सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखालाई हस्तान्तरण गरेका हुन्।

कहाँ–कहाँ हुँदैछ सडकमा काम?
लकडाउनको समयमा सडक खाली भएको र गाडी नरोकी काम गर्न सहज हुने भएकाले ट्राफिकमैत्री सडक मर्मत तथा निर्माणका लागि महाशाखाले सरोकारवाला निकायहरूसँग नियमित रूपमा सहकार्य र समन्वय गरेको जनाएको छ।

अहिले सितापाईला–रामकोट, स्वयम्भू अजिमा हल अगाडी, भैसेपाटी–छम्पी, लुभु–लामाटार, चावहिल उकालो, जोरपाटी–बाग्मती कोरीडर सडकखण्डमा सडक मर्मत तथा पिचका काममा समन्वय र सहजीकरण भैरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए।

त्यस्तै थलीबाट साँखु, नाम्गेल, जोरपाटी-गुहेश्वरी, खानी विभाग-गल्कोपाखा, चुच्चेपाटी, पुत्तलीसडक, अष्ट्रेलियन एम्बेसी अगाडी, चावहिल-मित्रपार्कका सडकखण्डहरूमा ढल, खानेपानी तथा फुटपाथका निर्माण, गौशाला-तिलगङ्गा, सेतोपुल-डिल्लीबजार र सेतोपुल-पुरानो बानेश्वर सडकखण्डमा रोड मार्किङ, ईमाडोल-टिकाथली सडकमा पुल निर्माण र कपनको एनसेल चोक-देउवाचोक सडकखण्डमा टेलिकमको काम, चुच्चेपाटी-चावहिल सडकखण्डमा मेलम्ची र विद्युतको काम समेत ट्राफिक प्रहरीको समन्वय एवम् सहजीकरणमा भइरहेको जानकारी दिए।

उपत्यकाका सडकहरू लकडाउन सकिँदासम्म निकै चुस्त अवस्थामा हुने प्रवक्ता एसपी श्रेष्ठले बताए।

ट्राफिक महाशाखा र सडक विभागले काठमाडौं उपत्यकाका धेरै सडक खण्डहरूमा सडक पिच र रोड मार्किङको काम सम्पन्न गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .