समाज


सिकारीले हानेको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

सिकारीले हानेको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८२ शुक्रबार १३:७, नुवाकोट

नुवाकोटमा सिकारीले हानेको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते भएकी छन्। 

शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ।

 घाइते हुनेमा स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङ छिन्।

उनलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लागेकाे हो। गाेली लागेकी कान्छिमायाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ। हाल उनको धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७–१८ जना मानिसहरू मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जङ्गलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad