समाज


टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु, गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु, गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८२ शुक्रबार १२:२७, काठमाडौँ

प्युठानमा टिपरको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।

प्युठान नगरपालिका-८ पाडाबाङस्थित सडकमा रा.१ ख १८३९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री दाङकै राप्ती गाउँपालिका(१ भालुबाङ बस्ने ४४ वर्षीय अशोक परियारको मृत्यु भएको हो। 

उनलाई बिहीबार साँझ टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।  

त्यसैगरि चितवनको राप्ती नगरपालिका-२ गड्यौलीमा बा.प्र ०३-००३ प ७९७९ नम्बरको मोटरसाइकललाई प्र.२-०३-००१ च ७१२ नम्बरको बोलेरोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

बिहीबार बेलुका बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती नगरपालिका-२ गड्यौली बस्ने २७ वर्षीय दिपेश उप्रेतीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad