लकडाउनको उल्लंघन गर्दै गत महिना रुसका दुई किशोरी राति घर बाहिर निस्किएका थिए। सोही क्रममा क्रास्नोयार्स्क भन्ने ठाउँमा ती दुई किशोरी बलात्कृत भएका थिए।
१७ र १८ वर्षकी किशोरीहरु बलात्कृत हुनुका साथै उनीहरुको साथबाट गरगहना पनि लुटिएको थियो।
किशोरीहरुले आफूहरु बलात्कृत भएको उजुरी गरेपछि रुसका प्रहरीले एक ५५ वर्षका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
प्रहरीले ती पुरुषलाई कारवाही गर्ने बताइरहँदा पीडित किशोरीहरुलाई पनि प्रहरीले जरिवाना गरेको छ।
लकडाउनको समयमा घर बाहिर निस्कने कार्य कानुनको उल्लंघन भएको भन्दै प्रहरीले दुवैलाई ३३–३३ पाउन्ड जरिवाना गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया