समाज


गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर (नामावली)

गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर (नामावली)

नेपालखबर
चैत १, २०८२ आइतबार ८:३५, काठमाडौँ

गोरखामा गएराति तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर राजन लम्साल नेपालखबरलाई दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउने सातै जना भारतीय नागरिक हुन्। 

उनीहरू सबै घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा भारतीय नागरिकहरू ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीय बिजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी छन्। 

उनीहरूको विस्तृत ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन। 

शनिबार साँझ साँढे सातबजेतिर मनकामना दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा सडकबाट झण्डै दुईसय मिटर तल खसेर दुर्घटना हुँदा सात जनाको घटनास्थलममै मृत्यु भएको थियो। 

माइक्रोमा १६ जना सवार रहेको खुलेको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

माइक्रो चालक र सह-चालकबाहेक सबै यात्रु भारतीय नागरिक रहेका प्रहरी निरीक्षक लम्सालले बताए। 

मनकामना मन्दिरमा दर्शन गरेर फर्किंदै गरेका यात्रु सवार माइक्रोबस आबुखैरेनीतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो। 

घाइतेलाई घटनास्थलबाट उद्धार गरि सुरुमा आबुखैरेनी अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचार गरेर सबैलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगिएको प्रहरीले जनाएको छ। 

मृतक ७ जनाको शव पोस्ट मार्टमको लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ। 

दुर्घटनामा चालक र सहचालक पनि गम्भीर घाइते भएका छन्। 

पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेका यी हुन् ९ घाइते

१) चालकः जिल्ला लमजुङ सुन्दरबजार न.पा. १ बस्ने बर्ष ४६ को पुष्प मल्ल ठकुरी. बाहिरी चोट नभएको, भित्री चोट। हल्का बोल्न सक्ने अवस्था सिरियस (मा.प.से. नभएको- पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको (साथमा प्र.ह. गुड्डु नाउ हजाम खटि गएको)

२) सह-चालकः- जि. लमजुङ बेशीशहर न.पा. ३ बस्ने बर्ष २९ को सन्तोष गुरुङ  टाउको र अनुहारमा चोट अवस्था सिरियस – पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको। 

३) देश भारत बस्ने वर्ष अन्दाजी ६२ की सोरनम शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस -पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।

४) ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ६५ का मंगदा जलम शरीरको विभिन्न भागमा चोटअवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।

५) ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ७५ की सुभाद्रा शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।

६) ऐ.ऐ. बस्ने वर्ष ६५ की मयाल शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको। 

७) ऐ.ऐ. बस्ने वर्ष ७३ की सरोजा शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।

८)ऐ.ऐ. बस्ने वर्ष ६५ की भाग्यलक्ष्मी शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको। 

९)ऐ.ऐ. बस्ने वर्ष ३४ की मिनाक्षी शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad