समाज


१ चैत: सिंह प्रतिस्पर्धामा अब्बल ठहरिने, तुलाको कार्य सम्पादनमा समस्या, तपाईँको दिन कस्तो?

१ चैत: सिंह प्रतिस्पर्धामा अब्बल ठहरिने, तुलाको कार्य सम्पादनमा समस्या, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
चैत १, २०८२ आइतबार ४:३५, काठमाडौँ

आज आइतबार, १ चैत २०८२ (१५ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृष: आज रमणीय, सुखद् र धार्मिक यात्राको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ भने शुभ समाचार पनि सुन्न पाइएला।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६६, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।

मिथुन: डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। आर्थिक कारोबारमा मन्दी आउने देखिन्छ। घरमा अतिथिको आगमन हुन सक्छ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ। धैर्य र लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। व्यापार व्यवसायमा पनि उन्नति देखिन्छ।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह: परीक्षा तथा प्रतिस्पर्धामा उत्तीर्ण हुने सम्भावना छ। सामाजिक तथा कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। सानातिना बाधा आए पनि निराश नहुनु राम्रो हुनेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: अधुरा र रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्छ। नयाँ कार्यको योजना बन्नेछ र नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। वैदेशिक कार्य पनि अघि बढ्ने देखिन्छ।

भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

तुला: कार्य सम्पादनमा समस्या आउन सक्छ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक देखिन्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। यात्रामा सावधानी अपनाउनु राम्रो हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक: मन अध्यात्म र दर्शनतर्फ आकर्षित हुनेछ। प्रविधि र सञ्चार माध्यमले दैनिकी सहज बनाउनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

धनु: सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

मकर: मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। आस मारिसकेको काम बन्ने सम्भावना छ। मनमा उत्साह बढ्नेछ र बहुप्रतिक्षित काममा सफलता मिल्नेछ। यात्रामा भने सावधानी अपनाउनु राम्रो हुनेछ।

भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: महत्त्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। यात्रामा मालसामान हराउने सम्भावना छ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनु राम्रो हुनेछ। साँझतिर पुरानो साथीसँग भेट हुन सक्छ।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

मीन: साथीभाइको भेटघाटले मन प्रफुल्ल रहनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। परोपकार तथा सामाजिक कार्यमा पनि संलग्न हुने अवसर मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad