आज (बुधबार, फागुन २७) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसबाट तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस कायम भएको हो। यसअघि आजै बिहान ५:४५ बजेको सुरुवाती मापनमा १५.० डिग्री सेल्सियस देखिएको थियो।
मौसम महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हरेक दिन दुईपटक मापन गर्ने गरेको छ। सबैभन्दा तल झरेको तापक्रम सम्बन्धित दिनको न्यूनतम तापक्रम हो।
हिजो (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.० डिग्री सेल्सियस थियो भने सोमबार १५.१ डिग्री सेल्सियस थियो। यसअघि आइतबार १७.० डिग्री सेल्सियस थियो।
प्रि-मनसुन सुरु भएयता थोरै तलमाथि भइरहे पनि मूलत: देशभर तापक्रम बढिरहेको छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
हेर्नुहोस् आजको न्यूनतम र हिजोको अधिकतम तापक्रम सूची

Shares

प्रतिक्रिया