ग्लोबल


इरान युद्धबारे ट्र्म्प–पुटिन संवाद: ‘रुस–युक्रेन युद्ध अन्त्य गर्न मद्दत गरे अझ राम्रो’

इरान युद्धबारे ट्र्म्प–पुटिन संवाद: ‘रुस–युक्रेन युद्ध अन्त्य गर्न मद्दत गरे अझ राम्रो’

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १३:५०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध र युक्रेनको अवस्थाबारे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक घण्टा फोनमा कुरा गरेका छन्।

ट्रम्प आफैँले सोमबार राति पुटिनसँग फोन संवाद भएको जानकारी दिएका हुन्। 

ट्रम्पले भने, ‘पुटिनले इरान युद्ध अन्त्यका लागि रुसले सहयोग गर्न चाहेको बताए। तर मैले उनलाई रुस-युक्रेन युद्ध अन्त्य गर्न मद्दत गरे अझ धेरै हुन्छ भन्ने जवाफ दिएँ।’ 

फ्लोरिडामा पत्रकारसँग कुरा गर्दै उनले इरान युद्ध सुरु भएयता पुटिनसँग पहिलोपटक कुरा भएको बताए।

यस क्रममा ट्रम्पले १० दिनमा अमेरिकाले इरानका ५१ जहाज डुबाइदिएको र हजारौँ सैन्य अड्डामा आक्रमण गरिएको दाबी पनि गरे।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। 

इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ। 

यसैबिच इरानका उपस्वास्थ्यमन्त्री अली जाफरियनले इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म १ हजार २५५ जनाको मृत्यु भएको बताएका छन्।

साथै यस अवधिमा १२ हजारभन्दा बढी मानिस घाइते भएका छन्। मारिएकामा मानिसमा ८ महिनाका शिशुदेखि ८८ वर्षका वृद्धसम्म छन्। जसमा २०० महिला छन्।

उनका अनुसार मिनाब प्राथमिक विद्यालयमा भएको आक्रमणमा १६८ बालबालिकाको मृत्यु भएको छ। आक्रमणमा ४ डाक्टर, २ नर्स र ३ आपतकालीन कर्मचारीसहित ११ स्वास्थ्यकर्मीको मृत्यु भएको छ। अनि ५५ स्वास्थ्यकर्मी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad