कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ। त्यसमध्ये १० हजार केयर होममा राखिएकाहरु भएको सरकारी तथ्यांकमा उल्लेख छ।
मे ९ सम्म इंग्ल्यान्ड र वेल्समा गरी ३५ हजार ४४ को ज्यान गएको अफिस अफ नेसनल स्ट्याटिस्टिक्सको आँकडा छ।
त्यसमा स्कटल्यान्ड र आयरल्यान्डमा ज्यान गुमाउनेहरुको संख्या जोड्दा ४० हजार ११ हुन आउँछ।
यससँगै युरोपमा सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ बेलायत। इटलीमा ३० हजार ७ सयको ज्यान गएको छ।
त्यस्तै स्पेनमा २६ हजार ७ सय र फ्रान्समा २६ हजार ६ सयको मृत्यु भइसकेको छ।
जर्मनीमा ७ हजार ६ सयले ज्यान गुमाएको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक छ। एजेन्सी
प्रतिक्रिया