हिउँद (विन्टर) सकिएर प्रि-मनसुन सुरु भए (फागुन १७) यता देशभर तापक्रम द्रुत गतिमा बढिरहेको छ।
यसै क्रममा काठमाडौँ उपत्यकामा आज (फागुन २३) न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियसमा उक्लिएको छ।
हिउँदको अन्तिम दिन फागुन १६ गते काठमाडौँको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस थियो। त्यसको एक सातामा यो तापक्रम ७ डिग्री सेल्सियस बढेको हो।
यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियसमा चढेको छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
यस्तो छ आज तापक्रम सूची

Shares

प्रतिक्रिया