समाज


उदयपुरमा प्रहरीको ‘सर्टगन’बाट अचानक गोली चल्दा मतपेटिकामा क्षति

उदयपुरमा प्रहरीको ‘सर्टगन’बाट अचानक गोली चल्दा मतपेटिकामा क्षति

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित सुनसरी-मोरङ सिँचाइ आयोजना मतदान केन्द्र।


नेपालखबर
फागुन २१, २०८२ बिहिबार ८:४७, काठमाडौँ

उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोली चलेको छ।

गोलीले मतपेटिकामा क्षति पुगेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।  

उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोलि चल्दा मतपेटिकामा क्षति पुगेको एक प्रहरी अधिकारीले जानकारी दिए।

मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सर्टगन अचानक पड्किँदा मतपेटिसकामा क्षति पुगेको हो।

तर, त्यहाँको अवस्था अहिले सामान्य रहेको पनि प्रहरीको दाबी छ। 

प्रहरी प्रधान कार्यालयले कमान्डरहरूलाई हतियार बोकेका कर्मचारीलाई हतियार ह्यान्डलिङको बारेमा ब्रिफिङ र सुरक्षाको बारेमा निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad