ad ad

समाज


सेनाले ल्याउने स्वास्थ्य सामग्रीको भन्सारको काम अन्तिम चरणमा

सेनाले ल्याउने स्वास्थ्य सामग्रीको भन्सारको काम अन्तिम चरणमा

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १३:६,

नेपाली सेनाले जहाजमार्फत ल्याउने स्वास्थ्य सामग्रीको भन्सारमा लेवलिङ (मात्रा तय) गर्ने काम अन्तिम चरणमा पुगेको छ।

सार्वजनिक बिदाका कारण दुई दिनदेखि रोकिएको भन्सारको काम सोमबारबाट पुनः सुरु भएको हो।

गोन्जओ विमानस्थलस्थित भन्सारमा लेवलिङको काम अन्तिम चरणमा पुगेकाले अब प्रमाणीकरणको काम सुरु हुने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

जहाजमार्फत ढुवानी गर्ने स्वास्थ्य सामग्री पनि भन्सारस्थित गोदाममा ल्याउने क्रम जारी छ। भन्सार प्रक्रिया सकिएपछि सेनाले दुई वटा जहाजमार्फत स्वास्थ्य सामग्री ढुवानीे गर्ने तयारी गरेको छ। यसका लागि नेपाल एयरलाइन्सका दुई वटा वाइडबढी जहाज रिजर्भ गरिसकेको छ।

स्थलमार्गबाट भने ९ सय क्युविक मिटर सामग्री नेपालतर्फ प्रस्थान गरिसकेको छ। आइतबार र सोमबार पनि थप ३ सय क्युविक स्वास्थ्य सामग्री नेपालतर्फ बाटो लागेको हो।

स्थलमार्गबाट भने केही दिनमै स्वास्थय सामग्री नेपाल आइपुग्ने छ। भन्सारमा समय लाग्दा जहाजबाट भन्दा पहिले स्थलमार्गबाट सामग्री आइपुग्ने संभावना छ।

जीटूजी प्रक्रियामार्फत सेनाले चीनको सिनो फार्मामार्फत स्वास्थ्य सामग्र िखरिद गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .