भारतका रेलवे मन्त्री पियुष गोयलले ट्वीट गर्दै मंगलबारदेखि रेलसेवा सुचारु हुने जानकारी दिएका हुन्।
रेलसेवा सञ्चालनमा आउने भएपछि सोमबारदेखि नै दिल्लीमा टिकट बुकिङ खुला गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारतमा दुई महिनाअघि कोरोनाको त्रासबीच रेल सेवा बन्द गरिएको थियो।
दिल्लीबाट चल्ने १५ रेलहरु देशका विभिन्न स्थानमा पुग्नेछन्। यी रेलहरु नयाँ दिल्लीबाट आसाम, त्रिपुरा, पट्ना, बिलासपुर, रान्ची, भुवनेश्वर, तेलंगणा, बैंगलोर, चेन्नाई, केरला, गोवा, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु कास्मिर पुग्नेछन्।
रेल चढ्ने यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने सबैको कोरोना परीक्षण हुनेछ। भारतमा कोरोना प्रकोपकै बीच रेलसेवा सञ्चालन हुन लागेको हो।
भारतमा सोमबार मात्र हालसम्मकै बढी संख्यामा नयाँ कोरोना संक्रमित थपिएका छन्।
भारतमा गएको २४ घण्टामा चार हजार २१३ संक्रमित भेटिएका हुन्। दैनिक कोरोना संक्रमितको वृद्धि दरमा यो संख्या नै सबैभन्दा बढी हो।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार २५९ जना पुगेको छ। यीमध्ये २२ सय ६ जनाको मृत्यु हुँदा २० हजार ९१६ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया