सिराहामा मोटरसाइकलको ठक्करबाट ९५ वर्षीय वृद्धको मृत्यु भएको छ।
सिरहा नगरपालिका १९ मा स.७ प ४३५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार दुर्घटनामा सिराहाकै अर्नमा गाउँपालिका-५ रहडिया बस्ने ९५ वर्षीय कारी यादवको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको नोबल अस्पाताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
225
Shares

प्रतिक्रिया