समाज


कतारमा रहेका नेपालीलाई ‘सेल्टर’ भित्रै रहन दूतावासको निर्देशन

कतारमा रहेका नेपालीलाई ‘सेल्टर’ भित्रै रहन दूतावासको निर्देशन

नेपालखबर
फागुन १६, २०८२ शनिबार २१:३७, काठमाडौँ

मध्यपूर्वमा इजरायल र इरानबीच सुरु भएको प्रत्यक्ष सैन्य मुठभेडको बाछिटा कतारसम्म पुगेपछि दोहास्थित नेपाली दूतावासले नेपाली श्रमिकका लागि ‘हाई अलर्ट’ जारी गरेको छ। 

इरानी मिसाइलहरू खाडीका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडातर्फ सोझिएको रिपोर्ट सार्वजनिक भएसँगै कतारमा रहेका करिब ३ लाख ५० हजार नेपालीको सुरक्षालाई लिएर चिन्ता बढेको हो।

शनिबार साँझ एक विशेष अपिल जारी गर्दै दूतावासले कतारी अधिकारीहरूका सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न र सम्भव भएसम्म घर (आश्रयस्थल) बाहिर ननिस्कन आग्रह गरेको छ।

‘मध्यपूर्वमा विकसित असामान्य परिस्थितिलाई दृष्टिगत गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उच्च सावधानी अपनाउन अनुरोध छ,’ दूतावासको सूचनामा भनिएको छ, ‘कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह पालना गर्नुहोस्, घरभित्रै सुरक्षित रहनुहोस् र आधिकारिक घोषणाबाहेकका अफवाहमा विश्वास नगर्नुहोस्।’

कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा ‘अल उदेइद’ रहेको छ। इरानले यसअघि नै खाडी क्षेत्रका अमेरिकी सैन्य अखडाहरू आफ्नो निशानामा रहेको चेतावनी दिएकाले कतारको रक्षा प्रणालीलाई पूर्ण क्षमतामा सक्रिय पारिएको छ। 

कतार नागरिक उड्डयन प्राधिकरणले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेसँगै काठमाडौँ–दोहा रुटका दैनिक ५ वटा सिधा उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। 

गल्फ न्यूजका अनुसार कतार सरकारले स्थानीय बजारमा खाद्यान्न र औषधिजन्य सामग्रीको अभाव हुन नदिन ‘इमर्जेन्सी सप्लाई चेन’ सक्रिय बनाएको छ र नागरिकलाई अनावश्यक रूपमा सडकमा भीड नगर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad