समाज


२० भन्दा बढी केन्द्रमा वर्षा मापन, मनाङमा सबैभन्दा बढी

२० भन्दा बढी केन्द्रमा वर्षा मापन, मनाङमा सबैभन्दा बढी

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८२ शुक्रबार ५:४०, काठमाडौँ

केही दिनदेखि नेपालमा मौसम बदली भइरहेको छ। मौसम बलदीसँगै कतिपय ठाउँमा हिमपात र वर्षासमेत भएको छ। 

बिहीबार देशका २० भन्दा बढी वर्षा मापन केन्द्र वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौँ, नुवाकोट, चितवन, स्याङ्जा र डोटीका केही क्षेत्रमा बिहीबार वर्षा भएको छ। 

विभिन्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ। बिहीबार मनाङमा सबैभन्दा बढी ३०.४ मिलीमिटर वर्षा भएको छ। अन्य क्षेत्रमा भने १० मिलीमिटरभन्दा कम वर्षा भएको छ। 

पछिल्लो तीन दिनदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण बदली, वर्षा र हिमपात भइरहेको छ।

बिहीबार साँझ कास्की, सिन्धुपाल्चोकलगायत एकदुई क्षेत्रमा वर्षा भएको विभागले जनाएको छ।

शुक्रबार र शनिबार पनि हिजो झैँ बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज पश्चिमभन्दा पूर्वमा बढी बदली हुने विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad