नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले दुई वटा पृतनाको निरीक्षण गरेका छन्।
सिग्देलले बिहीबार धनगढीस्थित सुदूरपश्चिम पृतना र सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निरीक्षण भ्रमण गरेका हुन्।
निरीक्षणका क्रममा प्रधानसेनापति सिग्देलले आफ्नो क्षेत्रमा आगामी फागुन २१ गते हुने निर्वाचन सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका छन्।
यस्तै, प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादनगर्न पनि निर्देशन दिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति सिग्देलले प्रदेश कमाण्ड पोस्ट तथा निर्वाचन सेलका पदाधिकारीहरुसँग पनि भेटघाट एवम् अन्तरक्रिया गरेका छन्।
यसअघि प्रधानसेनापति सिग्देलले मध्य पश्चिम र पश्चिम पृतनाको निरीक्षण भ्रमण गरेका थिए।
117
Shares

प्रतिक्रिया