ad ad

समाज


बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ६:१०,

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुंगा प्रहार गरेर सख्त घाइते बनाएका थिए। बुबा मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए।

अभियुक्त कुमारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए। अभियुक्त कुमारले प्रहार गरेको ढुंगाले अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा सिफारिस गरिएको थियो। प्रनाउ कुँवरका अनुसार छोराले ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शी कुमारकी आमाको बयान दिएकी र छोरा कुँवरले पनि स्वीकार गरेका छन्।

‘अभियु्क्तलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ’, प्रनाउ कुँवरले भने। अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छानुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेको बताइएको छ। घटनाका बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष टेकबहादुर रावललगायतको उपस्थितिमा प्रहरी मुचुल्का बनाई फर्किएको छ। घटनास्थलमै अभियुक्त कुमारले आफूले ढुंगा प्रहार गरेको स्वीकारसमेत गरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .