ad ad

समाज


नेपालमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

नेपालमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ३:१९,

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित सबै कपिलबस्तु जिल्लाका हुन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

संक्रमित कपिलबस्तुको यशोधरा गाउँपालिका ५ र वुद्धभूमि नगरपालिका ७ र १० का हुन्।

उनीहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका छन्। अर्का एक संक्रमित पुरुषको भने उमेर खुल्न बाँकी छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

000 Thap

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .