समाज


राशिफल १२ फागुन : सिंहको नयाँ काम सुरु हुने, तुलाको यात्रा रमाइलो, तपाईँको दिन कस्तो?

राशिफल १२ फागुन : सिंहको नयाँ काम सुरु हुने, तुलाको यात्रा रमाइलो, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
फागुन १२, २०८२ मंगलबार ४:४१, काठमाडौँ

आज मङ्गलबार, १२ फागुन २०८२ (२४ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आजको मन्त्र- डरको सीमा तोड्नु नै सफलताको पहिलो पाइला हो।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: लाभहानि बराबर रहनेछ। सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला। आँटेको काममा सफलता नमिल्न सक्छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरो वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ५६, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन: महत्त्वपूर्ण कामको थालनी हुनेछ। साथीभाइसँग समय बित्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। आजको मन्त्र- शब्दले मात्र होइन, विचारले पनि सशक्त बन।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ८०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कर्कट: यात्रा लाभदायक अनि सफल रहनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेले अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।

सिंह: नयाँ काम सुरु गर्ने समय छ। दाम्पत्य जीवन सुखमय रहनेछ। विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। आजको मन्त्र- धैर्य नै सबैभन्दा दृढ सफलता हो।

भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६९, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

कन्या: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। गलत निर्णय लिन पुगिएला। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्यमा खर्च बढ्न सक्छ। साँझमा शुभ समाचारले खुसी बनाउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६७ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

तुला: सामूहिक यात्रा रमाइलो हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। शुभकार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर छ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। पारिवारिक सुख मिल्न सक्छ। लगानीमा रहेको रकम फिर्ता आउला। समाजसेवा जस्ता कार्यमा मन जानेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

धनु: शुभ र मङ्गल कार्यको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नसोचेको ठाउँबाट धनागम हुनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आजको मन्त्र- स्थिर सोच र शान्ति सफलताका सिँढी हुन्।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मकर: सरकारी निकायको भय रहनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ।    आजको मन्त्र- भावनामा शक्ति हुन्छ, अनि सन्तुलनमा चमत्कार।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

कुम्भ: धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४०, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मीन: सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। शुभारम्भको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६५, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad