समाज


टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिला प्रहरीको मृत्यु, इन्सपेक्टर घाइते

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिला प्रहरीको मृत्यु, इन्सपेक्टर घाइते

नेपालखबर
फागुन ११, २०८२ सोमबार १६:५८, काठमाडौँ

धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिला प्रहरीको ज्यान गएको छ।

मोटरसाइकलको पछाडि सवार महोत्तरीको बर्दिबास नगरपालिका–९ बस्ने इलाका प्रहरी कार्यालय हरिपुर, सर्लाही दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीमा कार्यरत अन्दाजी वर्ष २६ की प्रहरी जवान चन्द्रकला कुमारीको ज्यान गएको हो।

दुर्घटनामा मोटरसाइकल चालक मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा लेखा प्रमुखको रूपमा कार्यरत प्रहरी निरीक्षक विजय कुमार यादव घाइते भएका प्रहरीले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्माचोकमा मुरली चोकबाट जिरोमाईलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०१०४ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नं.को मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो।

घाइते चन्द्रकलालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्। उनको शव सोही अस्पतालमा राखिएको छ। 

मृतक चन्द्रकला सरकारी कामकाजको सिलसिलामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दुवै सवारी साधन र टिपर चालक धनुषाको मिथिला नगरपालिका २ आनन्दपुर बस्ने ३० वर्षीय सुनिल रविदास जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन्। 

उक्त स्थान प्रहरी चौकी जिरोमाईल धनुषाबाट अन्दाजी १ किलोमिटर उत्तर पूर्व पर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad