डडेल्धुरामा नेपाली कांग्रेससँग एकता गर्न नेपाली कांग्रेस (बीपी)ले तयार रहेको जनाएको छ।
सोमबार कांग्रेस (बीपी)का जिल्ला कार्यसमिति डडेल्धुराका सभापति भरत नेपालीले प्रेस विज्ञप्ति जारी गरी एकताका लागि तयार रहेको जनाएको छ।
‘२०७८ मा सम्पन्न सातौ जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका र हाल बीपी कांग्रेसमा संगठित साथीहरूलाई केन्द्रीय समितिको निर्णय समेतलाई दृष्टिगत गरेर पार्टीमा जोडिन गरिएको आह्वानलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ।
कांग्रेस डडेल्धुराले एकताका लागि गरेको आह्वान अनुसार प्रक्रिया अद्दिघ बढाउन आग्रह गरिएको छ। सभापति नेपालीले भनेका छन्, ‘पार्टी एकताका लागि आवश्यक छलपल र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा र सो पार्टीको केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्दछौँ।’

Shares

प्रतिक्रिया