सर्लाहीमा मन्दिर छेउमा भेटिएको पेस्तोल नक्कली सोचेर चलाउँदा एक बालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार, बिहीबार दिउँसो नक्कली पेस्तोल सोचेर चलाउँदा मलंगवा नगरपालिका-४ ढाँका गाउँका १५ वर्षीय आकाश राय घाइते भएका हुन्। उनको घर नजिकै रहेको हनुमान मन्दिरको भित्र कुनामा रातो कपडामा बेरिएको बस्तु राखिएको थियो।
त्यसलाई खोल्दा पेस्तोल भेटिएको थियो। नक्कली कि सक्कली भनेर चलाउन क्रममा आकाशको दाहिने हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।
घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले घाइते आकाशलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याएको छ। उनको उपचार भइरहेको डीएसपी राईले बताए।
प्रहरी टोलीले घटनास्थलबाट एउटा पेस्तोल, एउटा खोका नियन्त्रणमा लिएको छ। यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया