आइतबारसम्म भारतभर संक्रमित हुनेको संख्या ६२ हजार ९३९ पुगेको छ भने यीमध्ये २ हजार १०९ को मृत्यु भएको छ।
सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन्।
उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितहरु निको भएका छन्। १९ हजार ३५८ उपचारपछि स्वस्थ बनेका हुन्।
शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका थिए।
केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले शनिबारले सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताए।
‘हाम्रोमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको मृत्युदर झण्डै ३.३ प्रतिशत रहेको छ जबकी सङ्क्रमणमुक्त हुने दर भने २९.९ प्रतिशत रहेको छ’ उनले भने। यस तथ्यांकलाई उनले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको दावी गरे। रासस/एएनआई
Shares

प्रतिक्रिया