समाज


बाल्टिनको पानीमा डुबेर १० वर्षीय बालकको मृत्यु

बाल्टिनको पानीमा डुबेर १० वर्षीय बालकको मृत्यु

नेपालखबर
फागुन ६, २०८२ बुधबार १३:४०, सिन्धुली

सिन्धुलीमा बाल्टिनमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। 

बुधबार बिहान मरिण गाउँपालिका- २ शिखर तीनघर बस्ने अक्कलबहादुर वाइबाका छोराको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो। 

मृत्यु हुनेमा १० वर्षीय सुक्के वाइबा रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

कपडा धुन जम्मा गरेको बाल्टिनको पानीमा डुबेर बालक गम्भीर घाइते भएपछि उपचारको लागि प्राथामिक स्वाथ्य केन्द्र कपिलाकोट लगिएको थियो। 

अस्पताल पुर्याउनासाथ बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा प्रहरी टोली पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad