समाज


पर्सामा खटाइयो एसपी नरेशराज सुवेदी

पर्सामा खटाइयो एसपी नरेशराज सुवेदी

नेपालखबर
फागुन ५, २०८२ मंगलबार २१:५, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीलाई खटाउने निर्णय भएको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन अवधिभर एसपी सुवेदीलाई जिम्मेवारी दिने निर्णय गरेको हो। 

पर्साका एसपी सुदीपराज पाठकलाई पितृशोक परेर बिदामा भएका कारण एसपी सुवेदीलाई जिम्मेवारी दिने निर्णय भएको हो।

अब निर्वाचनमा एसपी सुवेदीले नै पर्साको कमाण्ड सम्हाल्नेछन्। सुवेदी हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए।

उनी मंगलबार नै पर्सामा हाजिर भइसकेका छन्। 

निर्वाचन पछि पुनः पाठकनै फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad