समाज


मध्यराति मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु

मध्यराति मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु

नेपालखबर
फागुन ३, २०८२ आइतबार ९:३१, काठमाडौँ

रौतहटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु भएको छ। 

आइतबार राति दुर्गाभगवती गाउँपालिका- ४ स्थित गौर–गंगापिपरा सडकखण्डमा भारतीय बीआर ३० यु १३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए। 

मृत्यु हुनेमा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया पत्नी पुनमदेवी साह रहेकी छन्।  

‘आइतबार बिहान साढे पाँच बजेतिर हामीलाई दुर्घटनाको खबर आएको हो,’ डीएसपी बस्यालले नेपालखबरसँग भने, ‘घटनास्थलबाट प्रहरीले दुवैलाई उठाएर उपचारको लागि प्रादेशिक अस्पताल गौर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।’

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

सडकबाट करिब ५० मिटर तल खसेर मोटरसाइकल सिसौको रुखमा ठोकिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्गा भगवती ३ मा रहेको जेठानको घरबाट भोज खाएर राति साढे ११ बजेतिर उनीहरू मोटरसाइकल लिएर निस्किएका प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डएसपी बस्यालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad