ad ad

समाज


सगरमाथाको उचाई नाप्दै चिनियाँ टोली ६ हजार ५ सय मिटर माथि पुग्यो

सगरमाथाको उचाई नाप्दै चिनियाँ टोली ६ हजार ५ सय मिटर माथि पुग्यो

नेपालखबर
बैशाख २७, २०७७ शनिबार १२:३२,

गत अप्रिल ३० मै सगरमाथा बेस क्याम्प पुगेर आरोहणको तयारी थालेको चिनियाँ टोली यतिबेला ६ हजार ५ सय मिटरको उचाइमा छन्।

हाल उनीहरुले सगरमाथा आरोहण स्थगित गरेर आराम गरिरहेको सिन्ह्वाले जनाएको छ।

हिमपहिरोको खतरा भएकाले यतिबेला उनीहरुले ७ हजार २८ मिटरको उचाईमा पुग्ने योजना स्थगित गरेका हुन्।

सगरमाथाको उचाई नाप्नको लागि ३० चिनियाँ सर्वेक्षणकर्ताहरु खटेका छन्। शनिबार ७ हजार २८ मिटरमा पुग्ने लक्ष्य राखेका टोली ६ हजार ७ सय मिटरको उचाईमा पुगिसकेका थिए।

तर बाटोमा बाक्लो हिउँ देखेपछि पहिरो जाने खतरा मध्यनजर गर्दै टोली फेरि ६ हजा ५ सय मिटरको क्याम्पमा फर्किएका छन्।

चिनियाँ टोलीमा प्राकृतिक संसाधन मन्त्रालयका सदस्यहरु पनि समावेश छन्। चिनियाँ सर्वेक्षणकर्ताहरु पूर्णतया हिमाल चढ्न प्रशिक्षित भएको बताइएको छ।

तिब्बती भाषमा सगरमाथालाई चोमोलोङ्मा भनिन्छ। सन् १९७५ र २००५ मा पनि सगरमाथाको उचाई नापिएको थियो।

सन् १९७५ मा यसको उचाई ८ हजार ८४८ मिटर रहेको पाइएको थियो। त्यस्तै सन् २००५ मा यसको उचाई ८ हजार ८४४ रहेको पाइएको थियो।

चीन र नेपालको सिमानामा रहेको यस सर्वोच्च शिखरलाई चनी र नेपाल मित्रताको संज्ञा दिन्छन्। सिन्ह्वा

Chinesetoli
Chinesetoli2
Chinesetoli3

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .