नेपाल पत्रकार महासंघले पत्रकार सचित राईलाई इलाम माङसेबुङका विनोद साम्बाले प्रश्न गर्दा भौतिक आक्रमणको धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
इलाम क्षेत्र नम्बर २ का एक उम्मेदवारले तत्कालीन प्रतिनिधिसभा सदस्य बहाल रहँदा दमक–चिसोपानी सडक निर्माणका विषयमा ‘सात दिनभित्र ठेक्का लगाउने’ भनी दिएको अभिव्यक्ति सेयर गर्दै प्रश्न सोधेको निहुँमा पत्रकार राईलाई साम्बाले ज्यान लिनेसम्मको धम्की दिएको महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ।
‘सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्दा पत्रकारलाई धम्की दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यो घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’
Shares

प्रतिक्रिया