ad ad

समाज


जनकपुरमा ४२ बेडको कोरोना विशेष अस्पताल सञ्चालन

जनकपुरमा ४२ बेडको कोरोना विशेष अस्पताल सञ्चालन

शैलेन्द्र महतो
बैशाख २७, २०७७ शनिबार ११:४१,

जनकपुरमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ। जनकपुरको प्रादेशिक अस्पतालकै स्वामित्वमा रहेको जनकपुर नर्सिंङ कलेजको होस्टेलमा ४२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको हो।

कोभिड १९ विशेष असस्पतालमा आइसीयू, अप्रेशन थिएटर, प्रसुति गृह लगायतका सेवाको व्यवस्था गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन प्रसाद सिंहले जानकारी दिए।

उनका अनुसार कोरोनाका बिरामीको उपचारको लागि सो अस्पतालमा ८ वटा आइसीयू बेड, एउटा अप्रेशन थिएटर र एउटा प्रसुति कोठाको व्यवस्था गरिएको छ। त्यस्तै कोरोना संक्रमित बिरामीलाई नुहाउन, लुगा धुन, लुगा सुकाउनुको साथै बिरामीहरुलाई हिँडडुल गर्न पर्याप्त ठाउँको सुरक्षित व्यवस्था मिलाइएको जनाएको छ।

‘कोरोना विशेष अस्पतालमा स्टाफ-स्टाफको बिचमा इन्फेक्सन हुन नदिने, नजिकका बस्ती वा समाजमा संक्रमण फैलिन नदिने र उपचारका उपकरणहरुको निर्मलिकरण गर्ने व्यवस्था मिलाएका छौं’ डा.सिंहले भने ‘प्रादेशिक अस्पतालमा आएका कोरोना संक्रमण शंकास्पद बिरामी तथा कोरोना पुष्टि भएका बिरामीलाई विशेष अस्पतालमा राखेर उपचार गरिने छ। उपचारमा प्रादेशिक अस्पतालकै चिकित्सकहरु खटिने छौं।’

हालसम्म यस क्षेत्रमा संक्रमित नदेखिएको तथा प्रादेशिक अस्पतालमा कोहि पनि कोरोना संक्रमित बिरामी आएका छैनन्।

यस्तै, संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन सुरु भएको भोलि पल्ट चैत १२ गतेदेखि बन्द रहेको प्रादेशिक अस्पतालमा नियमित लगायत सम्पूर्ण सेवा शुक्रबारदेखि सञ्चालनमा आएको छ। अस्पतालमा ओपीडी तथा अप्रेशनका बिरामीहरु आउन थालेको उनले जानकारी दिए।

प्रादेशिक अस्पतालमा पीसीआर मेसिनबाट स्वाब परीक्षण भइरहेको छ।

यता स्थानीयले भने प्रादेशिक अस्पतालसँगै कोरोना विशेष अस्पताल बनाइएकाे भन्दै विराेध गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० मा प्रादेशिक अस्पतालकै उत्तर तर्फ निर्माण गरिएको कोरोना विशेष लेभल– २ अस्पताल निर्माण गर्नु अघि स्थानीयले विरोध जनाएका हुन्। स्थानीय बासिन्दाले बस्ती पर अस्पताल बनाउनु पर्ने माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .