ad ad

समाज


पोखरा महानगरलाई तमु धिं नेपालको सहयोग

पोखरा महानगरलाई तमु धिं नेपालको सहयोग

वाशुदेव मिश्र
बैशाख २७, २०७७ शनिबार १०:११,

तमु धिं नेपालले पोखरा महानगरपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ। कोभिड १९–कोरोना भाइरसले मुलुक डेढ महिना अघिदेखि लकडाउन भइरहेको अवस्थामा तमु धिं नेपालले पोखरा महानगरपालिकाको विषद व्यवस्थापन कोषमा शनिबार सहयोग हस्तान्तरण गरेको हो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा तमु धिं नेपालको टोलीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई पोखरा महानगरपालिकालाई कोरोना भाइरसरहित क्षेत्र बनाउन सहयोग स्वरुप चेक हस्तान्तरण गरेको तमु धिं ले जनाएको छ।

तमु धिं नेपालमा कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले कोरोनाको कहरमा स्थानीय सरकार पोखरा महानगरपालिकालाई संस्थागत सामाजिक उत्तरदायित्व महशुस गरी सहयोग गरिएको बताए।

यसअघि तमु धिं नेपाल र क्षेत्रीय तमु समाजहरुको तर्फबाट गण्डकी प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रण र उपचारकोषमा ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिसकेको छ भने क्षेत्रीय तमु समाजहरुले आफ्नो समाज भित्र र क्षेत्रमा समस्यामा परेकाहरुलाई राहत वितरणका साथ सहयोग गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .