समाज


नेपालमा छैन उल्लेखनीय मौसम प्रणाली

नेपालमा छैन उल्लेखनीय मौसम प्रणाली

काठमाडौँको दक्षिणकाली नगरपालिका-५ स्थित डल्लु र आसपास क्षेत्र। तस्बिर : हरिराम भेटुवाल/ रासस


नेपालखबर
माघ २२, २०८२ बिहिबार ८:४५, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ।

महाशाखाले आज (बिहीबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला तराईका केही स्थान तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ।

अनि कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागमा मौसम आंशिक बदली (पातलो बादल) छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश लगभग सफा) छ।

मौसम महाशाखाका अनुसार आज दिउँसो पनि तराईका धेरै स्थानमा हुस्सु/कुहिरो रहनेछ। देशका पहाडी र हिमाली क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेने छ।

यस्तै राति पनि तराईका थोरै स्थानमा हुस्सु रहनेछ। देशका पहाडी र हिमाली भेगमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad