आज (बिहीबार) सुरुवातमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बुधबारभन्दा तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो।
हिजो (बुधबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे ६ डिग्री सेल्सियसमा झरेको थियो।
आज पनि काठमाडौँ उपत्यकाको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेला न्यूनतम तापक्रम अहिले देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।
मंगलबार ५.८ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम बुधबार थोरै बढेकामा आज फेरि घटेको हो।
मौसमविद्का अनुसार तापक्रम तलमाथि भइरहन्छ। राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
बुधबार यस्तो थियो तापक्रम विवरण

Shares

प्रतिक्रिया