आज (बुधबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस देखिएको हो।
हिजो (मंगलबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो। यद्यपि बिहान ८:४५ बजे मापन गर्दा मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस कायम भएको थियो।
आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले त्यही समय (बिहान ८:४५) मा मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवाती मापनमा देखिएभन्दा केही कम हुने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मंगलबार यस्तो थियो देशभरको तापक्रम विवरण

Shares

प्रतिक्रिया