काठमाडौँ उपत्यकाको आज (सोमबार) को आधिकारिक न्यूनतम तापक्रम सार्वजनिक भएको छ।
आज बिहान ५:४५ बजे सुरुवाती मापन गरेको मौसम पूर्वानुमान महाशाखाले फेरि बिहान ८:४५ बजे काठमाडौँको आधिकारिक न्यूनतम तापक्रम लिएको हो।
सुरुवाती मापनमा ६.२ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम आधिकारिक मापनका बेला केही घटेर ५.७ डिग्री सेल्सियस कायम भएको छ।
हिजो (आइतबार) भन्दा आज काठमाडौँको न्यूनतम तापक्रम केही बढेको हो। हिजो काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस थियो।
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा बिहान ५:४५ बजे अनि फेरि बिहान ८:४५ बजे मापन गर्छ। पछिल्लो मापन नै आजको आधिकारिक मापन हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् तापक्रम सूची (नोट : न्यूनतम मात्र आजका हुन्, अधिकतम हिजोका)

Shares

प्रतिक्रिया