ad ad

समाज


कोरोनाकै कहरबीच दादुराको महामारी, प्रदेश ५ को स्वाब परीक्षण पनि गण्डकीमा

कोरोनाकै कहरबीच दादुराको महामारी, प्रदेश ५ को स्वाब परीक्षण पनि गण्डकीमा

वाशुदेव मिश्र
बैशाख २५, २०७७ बिहिबार १६:८,

कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि प्रदेश नम्बर ५ बाट स्वाब परीक्षणको लागि पोखरा पठाउन थालिएको छ।

पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा हालसम्म प्रदेश नम्बर ५ बाट पठाइएका ५८ वटा नमूनाको परीक्षण गरिएको छ। परीक्षण गरिएका सबै स्वाबमा कोरोना नेगेटिभ देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन्।

बिहीबार गण्डकीमा थप ५ जनाको स्वाब संकलन गरि पीसीआरको तयारी गरिएको छ। हालसम्म गण्डकी प्रदेशमा ६९० जनाको स्वाब संकलन गरिएको छ। तीमध्ये २ जना संक्रमित निको भएर घर फर्केका छन् भने ३ जनाको परीक्षणको नतिजा आउन बाँकी छ। बाँकीको भने नेगेटिभ देखिएको छ।

गण्डकीमा ६३७७ जनाको आरडीटी परीक्षण गरिएको छ।

कोरोना संक्रमणकै बेला गण्डकीका केही ठाउँमा दादुराको महामारी देखिएको छ। धादिङको रोराङ गाउँपालिकामा फैलिएको महामारी प्रदेशअन्तर्गत गोर्खा जिल्लाको गण्डकी गाउँपालिकामा पनि देखिएको प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

दादुरा महामारी देखिएपछि शुक्रबारबाट खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। ५ महिनादेखि ९ वर्षसम्मका बालबालिकाहरुको लागि लक्षित दादुरा खोप कार्यक्रम वैशाख ३१ गतेसम्म प्रदेशभर सञ्चालनमा आउनेछ।

करिब १७०६ जना बालबालिका यो कार्यक्रममा सहभागि गराउने प्रतिष्ठानको लक्ष्य रहेको छ। खोपको लागि प्रदेशभर ४३ वटा खोपकेन्द्रको व्यवस्था गरिएको छ। लकडाउनकै कारण यसअघि घोषित खोप कार्यक्रम स्थगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .