गत भदौमा केन्द्रीय कारागार काठमाडौँबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-१० घर भएका २८ वर्षीय प्रकाश श्रेष्ठलाई काभ्रे प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले सोमबार उनलाई धुलिखेल-४ स्थित काठमाडौँ विश्वविद्यालय नजिकै लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।
जबर्जस्ती करणीको कसुरमा उनलाई सोलुखुम्बु जिल्ला अदालतले पाँच वर्षअघि कैद १७ वर्ष कैद सजायको फैसला गरेको थियो।
उनी गएको पाँच वर्षदेखि नै कारागारमा थिए।
69
Shares

प्रतिक्रिया