समाज


११ माघको राशिफल: मेष विपक्षीको छलकपटमा पर्ने, कर्कटलाई रमाइलो यात्रा, तपाईँको दिन कस्तो?

११ माघको राशिफल: मेष विपक्षीको छलकपटमा पर्ने, कर्कटलाई रमाइलो यात्रा, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
माघ ११, २०८२ आइतबार ४:४३, काठमाडौँ

आज आइतबार, ११ माघ २०८२ (२५ जनवरी २०२६)। हेर्नुहोस् आजको राशिफल-

मेष: विपक्षीको छलकपटबाट सतर्क रहनुपर्ने दिन हो। अपेक्षा अनुसार काम नबन्दा मन खिन्न हुन सक्छ। कर्मक्षेत्र संघर्षशील भए पनि धार्मिक कार्य र तीर्थयात्राको योग रहेको छ। मन्त्र– म आफ्नो कामप्रति गर्व गर्छु।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापार ४२, सेयरबजारमा ३२, वैदेशिक कार्य ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४८ प्रतिशत छ। भगवान् शंकरजीको दर्शन गर्नु शुभ हुनेछ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गरी आत्मबल बढाउने, विपक्षीको छलकपटबाट सचेत रहने।

वृष: रोकिएका काम पुनः सुरु हुने संकेत छ। आकस्मिक लाभ र शुभ समाचार प्राप्त हुन सक्छ। प्रेम जीवन र पारिवारिक वातावरण सुखद  रहनेछ।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापार ७१, सेयरबजारमा ५२, वैदेशिक कार्य ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत छ। विष्णु भगवान्‌लाई स्मरण गरी काम सुरु गर्नु लाभदायक हुनेछ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, रोकिएका कामप्रति पुनः आशावादी हुने।

मिथुन: मनमा प्रसन्नता छाउने दिन हो। सामाजिक तथा राजनीतिक प्रतिष्ठा मजबुत बनाउने अवसर मिल्नेछ। परिवारको सहयोग पाइए पनि स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ। मन्त्र– म बहानाभन्दा जिम्मेवार बन्छु।

भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापार ५४, सेयरबजारमा ६८, वैदेशिक कार्य ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत छ। यो राशि हुनेहरूले जिम्मेवारीलाई प्राथमिकता दिने, सामाजिक प्रतिष्ठा जोगाउँदै स्वास्थ्यप्रति सचेत रहने।

कर्कट: रमाइलो यात्रा र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। धर्मकर्म र समाजसेवामा रुचि बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका प्राप्त हुनेछ।

भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापार ६२, सेयरबजारमा ७६, वैदेशिक कार्य ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाई शुभ यात्रा गर्ने, सजिलै अरूको विश्वास नगर्ने।

सिंह: लाभ–हानि बराबरी खालको दिन रहनेछ। पारिवारिक झैझमेला र प्रेममा बाधा देखिन सक्छ। मध्यदिनपछि भने यात्राको योग छ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापार ४०, सेयरबजारमा ३९, वैदेशिक कार्य ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने, झुटो बोली र अनावश्यक विवादबाट टाढा रहने।

कन्या: नयाँ र महत्त्वपूर्ण कामको थालनी हुने दिन हो। सेवामूलक कार्यबाट सामाजिक प्रतिष्ठा बढ्नेछ। पेशा–व्यवसायमा प्रगतिको वातावरण बनेको छ। मन्त्र– प्रयास कहिल्यै खेर जाँदैन।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापार ६८, सेयरबजारमा ७२, वैदेशिक कार्य ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत छ। यो राशि हुनेहरूले वृक्षारोपण जस्ता शुभ कार्य गर्ने, धैर्यका साथ नयाँ कामको सुरुवात गर्ने।

तुला: बुद्धिको सही प्रयोगले जटिल काम सजिलै सम्पन्न हुनेछ। व्यवसायमा लाभ र धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापार ६९, सेयरबजारमा ७०, वैदेशिक कार्य ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी आत्मविश्वास बढाउने, छलकपट नगरी धर्मकर्ममा मन लगाउने।

वृश्चिक: रोकिएका काम फुक्ने संकेत छ। कृषिकर्म र व्यावसायिक क्षेत्रमा फाइदा मिल्नेछ। अतिथिको सत्कार पाइने योग छ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापार ६७, सेयरबजारमा ७३, वैदेशिक कार्य ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत छ। यो राशि हुनेहरूले पितृदेवताको आशीर्वाद लिने, सजिलै अरूको विश्वास नगरी विवेक प्रयोग गर्ने।

धनु: खर्च बढ्ने सम्भावना छ। प्रेम र पारिवारिक सम्बन्धमा खिन्नता आउन सक्छ। धैर्य र आत्मविश्वास आवश्यक छ। मन्त्र– म हार मान्दिन।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापार ४४, सेयरबजारमा ३७, वैदेशिक कार्य ७८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने, तामसीक भोजनबाट टाढा रही मनको अविश्वास नियन्त्रण गर्ने।

मकर: धार्मिक भ्रमणले काममा ऊर्जा थप्नेछ। आत्मविश्वास बढ्ने र वैदेशिक कार्य अघि बढ्ने संकेत छ। शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापार ६०, सेयरबजारमा ७७, वैदेशिक कार्य ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत छ। यो राशि हुनेहरूले मठमन्दिरको भ्रमण गर्ने, लामो यात्राबाट सकेसम्म टाढा रहने।

कुम्भ: मनोरञ्जनपूर्ण दिन रहनेछ। लाभदायक यात्रा र वैदेशिक कार्य सफल हुने योग छ। अध्यापन क्षेत्रमा प्रगतिको खबर आउन सक्छ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापार ६२, सेयरबजारमा ७६, वैदेशिक कार्य ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने, छलकपट नगरी सामाजिक कार्यमा सक्रिय रहने।

मीन: बुद्धिको सही प्रयोगले जटिल काम सम्पन्न हुनेछन्। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता बढ्नेछ। सेयर बजारले पनि साथ दिने संकेत छ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापार ५०, सेयरबजारमा ६०, वैदेशिक कार्य ६८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने, लामो यात्राबाट जोगिँदै बुद्धिको सही प्रयोग गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad