समाज


आज यी प्रदेशमा चट्याङसहित वर्षा तथा हिमपात हुने आकलन, जनजीवनमा पर्न सक्छ असर

आज यी प्रदेशमा चट्याङसहित वर्षा तथा हिमपात हुने आकलन, जनजीवनमा पर्न सक्छ असर

फाइल तस्बिर : काठमाडौँ


नेपालखबर
माघ ९, २०८२ शुक्रबार ९:१९, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो तथा राति देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना देखिएको जानकारी दिँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ। 

विभागले आज बिहान जारी गरेको बुलेटिनअनुसार पश्चिम वायुको प्रभावले दिउँसो सुदूरपश्चिम र कर्णाली तथा राति यी दुई प्रदेशसँगै लुम्बिनी, गण्डकी र कोसी प्रदेशमा समेत मेघगर्जन/चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना छ। 

हेर्नुहोस् विस्तृतमा-

दिउँसोः सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।

राति: कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थान तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित असिनाको समेत सम्भावना छ।

मौसम विभागले चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ२०८२ माघ ०९ गते (शुक्रबार) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित असिनाको समेत सम्भावना छ। सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad