समाज


मध्यराति कुखुरा खान आएको चितुवाले जब मान्छेलाई नै आक्रमण गर्‍याे‍‍‍...

मध्यराति कुखुरा खान आएको चितुवाले जब मान्छेलाई नै आक्रमण गर्‍याे‍‍‍...

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार २:१३,

तनहुँको भानु नगरपालिका-४ स्थित कुमालगाउँमा बुधबार राति स्थानीयले एउटा चितुवा मारेका छन्।

मान्छेलाई आक्रमण गर्न आएको चितुवालाई स्थानीयले लखेटेर मारेका हुन्। छिर्के बुटा भएको पोथी चितुवा मारिएको हो।

रातको समयमा स्थानीय रामबहादुर कुमालले पालेको कुखुरा खान आएको चितुवालाई स्थानीयले खेदेका थिए। भाग्दै गएर रुखमा चढेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएका वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिए।

चितुवाको आक्रमणबाट कुखुराधनी रामबहादुर कुमाल सख्त घाइते भएका छन्। घाइते कुमालको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय भानुबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। वन कार्यालयका प्रतिनिधि भने नपुगेका वडाध्यक्ष कुमालले बताए। डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटा नेतृत्वको एक टोली घटनास्थलतर्फ प्रस्थान गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।

केही समयअघि सोही वडाको लोहीपाखामा राखेको खोरमा बुधबार बिहान पोथी चितुवा मृतावस्थामा फेला परेको थियो। करिब पाँच/छ वर्षको देखिने २५/३० किलोग्राम तौल भएको चितुवा मृत फेला परेको हो।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए।

वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा चितुवालाई नियन्त्रणमा लिन विभिन्न ठाउँमा १६ वटा पासो थापिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad