समाज


राशिफल १ माघ : कुम्भको प्रेम जीवन निकै सुखद, धनु व्यर्थको यात्रामा सहभागी, तपाईँको दिन कस्तो?

राशिफल १ माघ : कुम्भको प्रेम जीवन निकै सुखद, धनु व्यर्थको यात्रामा सहभागी, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
माघ १, २०८२ बिहिबार ४:४१, काठमाडौँ

आज बिहीबार, १ माघ २०८२ (१५ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: मन भावुक र उत्ताउलो बन्न सक्छ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता बढ्नेछ। साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। मन्त्र- भावनालाई होइन, विवेकलाई सुन्नु।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: बाधा स्वतः फुकुवा हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका छ। परोपकार, दानपुण्य जस्ता कार्यमा भूमिका निर्वाह गरिनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ। मन्त्र- फरक सोचले नै सफलताको सिँढी चढाउँछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन: धार्मिक कार्यमा रुचि बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सामाजिक कार्यमा मन जाला। बोलीको प्रभाव बढ्दै जानेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मन्त्र- मेहनतले भोलिको पहिचान बनाउँछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: मनमा उत्साहका साथै बोली बिक्ने समय छ। दाम्पत्य तथा पारिवारिक सम्बन्धमा मिठास बढ्नेछ। बौद्धिक क्षमता र वाणीको प्रभाव बढ्नेछ। छोटो दूरीको लाभदायक यात्रा होला। मान प्रतिष्ठामा वृद्धि हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: विश्वासपात्रलाई वचन दिँदा संयम हुनु होला। घरायसी विषयले मन अशान्त बनाउन सक्छ। चुनौतीको सामना समेत गर्नुपर्ने हुन सक्छ। मध्यदिनबाट आफन्तको सहयोग मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कन्या: आस मारिसकेको काम बन्न सक्छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मित्रबाट विशेष सहयोग मिल्नेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

तुला: घर परिवारमा धार्मिक कृत्यको योग छ। नवीन सोच र सिर्जनशीलताले सफलता दिलाउनेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। शुभ समाचार सुन्न पाइएला। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मित्र तथा शुभचिन्तकको साथ मिल्नेछ। पुरानो साथीभाइसँग भेटघाट हुनेछ। बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु: अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ। सामाजिक वा पारिवारिक विषयले तनाव दिन सक्छ। व्यर्थको यात्रामा जान बाध्य भइएला। कुनै कुराले मन दु:खी हुन सक्छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम सम्बन्धमा न्यानोपन बढ्नेछ। व्यापार व्यवसायबाट उन्नति हुने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् कृष्णजीको दर्शन गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कुम्भ: टाढा रहेका साथीभाइसँग मनोरञ्जक भेटघाट हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको भेटघाटले नयाँ दिशा दिनेछ। दाम्पत्य तथा प्रेम सम्बन्ध सुदृढ बन्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मीन: मनोरञ्जनमा सहभागी भइएला। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा परे पनि निराश र हतास नहुनुहोला।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad