गुठी आन्दोलनका अभियन्ता हुँदै राजनीति प्रवेश गरेका सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
बुधबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतले उनलाई पार्टीमा स्वागत गरेका हुन्।
हाल उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष रहेका थिए।
सायमीसँगै २०, २१ जनाको समूह नेकपा प्रवेश गरेको हो।
सायमी २०७९ मा काठमाडौँको मेयरमा चुनाव लडेका थिए। तर, चुनाव भने बालेन्द्र शाहले जितेका थिए।
केही समय बालेनलाई सहयोग गरेका उनले काठमाडौँका ठेला व्यापारी हटाउने र सडक विस्तार गर्न थालेपछि बालेनको विरोधमा उत्रिएका थिए।

Shares

प्रतिक्रिया