काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल पहिरोले पुर्दा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बा ४४ प ६०८५ नम्बरको मोटरसाइकललाई मंगलबार राति कोगटेखोलानजिकै पहिरोले पुरेको हो।
घटनामा मोटरसाइकल चालक भीमफेदी गाउँपालिका-८ देउरालीका २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक खनालको शव परीक्षणका लागि हेटौंडा लगिएको छ।

प्रतिक्रिया