विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरानाका बिरामीमध्ये निको भएका ६ जना आज (बुधबार) बिहानै डिस्चार्ज भएका छन्।
अन्तिम नमुना परीक्षणको नजिता पनि नेगेटिभ आएपछि उनीहरूलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
यही वैशाख ५ र ६ गते उदयपुरमा संक्रमित फेला परेका १३ जनामध्ये ६ जनाको रिपोर्ट लगातार दुई पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
डिस्चार्ज भएका सबै भारतीय नागरिक हुन्। डिस्चार्ज भएकामा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन्।
डिस्चार्ज भएकालाई केही दिन विराटनगरस्थित एक मस्जिदमा बनाइएकाे क्वारेन्टिनमा राखिनेछ।
यसबारे मंगलबारै पत्रकार सम्मेलन गरी सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिएका थिए।

प्रतिक्रिया