समाज


काठमाडौँमा बस दुर्घटना: यी हुन् मृतक ५ र घाइते २७ जना (नामावली)

काठमाडौँमा बस दुर्घटना: यी हुन् मृतक ५ र घाइते २७ जना (नामावली)

नेपालखबर
पुस २४, २०८२ बिहिबार ११:४५, काठमाडौँ

काठमाडौँको शंखरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। 

दुर्घटनामा घाइते भएका ३२ जनामध्ये अहिले पनि २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर काठमाडौँका प्रवक्तासमेत रहेका एसपी पवन भट्टराईले जानकारी दिए। 

दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका- ५ घर हाल काठमाडौँको बुढानिल्कण्ठ बस्ने वर्ष ४९ की कामना शर्मा, ताप्लेजुङको पाथीभरा- ५ घर भई हाल काठमाडौँको पेप्सीकोला बस्ने वर्ष ५५ की शान्ती गुप्‍ता, पाँचथर घर हाल  गोठाटार बस्ने अन्दाजी वर्ष ६५ का देबेन्द्र लिम्बू  र काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीका ६० वर्षीय अर्जुन लामीछानेको मृत्यु भएको हो। 

कामना शर्माको उपचारको क्रममा गएराति सबा १२ बजे टिचिङ अस्पताल मृत्यु भएको हो। त्यसैगरि इन्दिरा लिम्बुको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी बुधबार साँझ ७ः २४ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसैगरि शान्ती गुप्‍ताको एनएमसी अस्पतालमा उपचारको क्रममा साँझ सात बजेर ४९ मिनेट जाँदा मृत्यु भएको छ भने देबेन्द्र लिम्बूको पनि एनएमसी अस्पतालमा साँझ सात बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसैगरि अर्जुन लामीछानेको एनएमसी अस्पतालमा उपचारको क्रममा राति ११ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो। 

बुधबार साँझ पौने ६ बजे शंखरापुर नगरपालिका-३ साँखु जहरसिंह पौवामा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको हो। 

नेचर हाउस एन्ड हर्व इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्कने बस दुर्घटनामा परेको हो। 

महोत्तरीको बर्दिबास घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३२ वर्षीय ध्रुवप्रसाद रेग्मीले चलाएको बस दुर्घटनामा परेको हो। 

‘दुर्घटनामा घाइते भएका पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्,’ एसपी भट्टराईले नेपालखबरसँग भने, ‘घाइते २३ जनाको विभिन्न अस्पतालमा अहिले पनि उपचार भइरहेको छ।’

साँखुस्थित नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल र टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ। 

शंखरापुर अस्पताल नारायणटारमा उपचार भइरहेका घाइते
१)    जि.महोतरी बर्दिबास घर भई हाल का.जि. बालकुमारी बस्ने बर्ष ३२ को धुर्व प्रसाद रेग्मी, (बस चालक)। अवस्था बोल्न सक्ने दुबै हात दुबै खुट्टा र विभिन्न भागमा चोट  रहेको । 
२)    का.जि. गो.न.पा. ५ जोरपाटी घर भई बस्ने बर्ष ५२ कि गोमा शिब भक्ती अवस्था बोल्न सक्ने अनुहारमा चोट रहेको  । डिस्चार्ज भएको । 
३)    का.जि. गो.न.पा. ३ घर भई बस्ने बर्ष ५६ कि दुर्गाहरी पौडेल अवस्था बोल्न सक्ने शरिरको बिभिन्न भागमा चोट रहेको । डिस्चार्ज भएको।  
५)    का.जि. बु.न.पा. १० कपन घर भई बस्ने बर्ष ३२ कि सरिता खत्री खडका अवस्था बोल्न सक्ने अनुहार छातीमा चोट रहेको।
५)    ऐ.घर भई बस्ने बर्ष ४८ कि कृष्णा लिम्बु अवस्था बोल्न सक्ने अनुहार र खुट्टामा चोट रहेको।    

केएमसी अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि. गो.न.पा. ५ नयाबस्ती बस्ने बर्ष ५० कि सरस्वती गुरागाई अवस्था बोल्न सक्ने गम्भिर शरिरको बिभिन्न भागमा चोट रहेको , २२;०० बजे शंखरापुर अस्पताल नारायणटार बाट रिफर भएको ।

टिचिङ अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि. का.म.न.पा. ६ घर भई बस्ने बर्ष ६३ कि रमाकान्त काफ्ले अवस्था बोल्न सक्ने टाउकोमा चोट रहेको । 
२)    का.जि. गोकर्णे घर भई बस्ने बर्ष ४२ को बद्री प्रसाद आचर्य अवस्था बोल्न सक्ने टाउकोमा चोट रहेको ।
३)     ऐ. घर भई बस्ने निजको छोरी बर्ष १८ कि शुष्‍मिता आचार्य दाहिने खुट्टामा चोट रहेको अवस्था बोल्न सक्ने ।  उपचारमा भाई गोबिन्द आचार्य । 

मुलपानी नगर अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि. कागेश्‍वरी मनोहरा नगरपालिका वडा नम. ९ गोठाटार बस्ने बर्ष ४० कि रिकल गुप्ता बराल अवस्था बोल्न सक्ने छाति र दुबै खुट्टामा चोट रहेको । 
२)    का.जि. तिनकुने घर बई बस्ने बर्ष ३९ को विकाश लामा थिङ अवस्था बोल्न सक्ने दुबै खुट्टमा चोट रहेको ।
३)     ऐ. घर भई बस्ने निजको श्रमती बर्ष ३९ कि अनिता मण्डल अवस्था बोल्न सक्ने टाउकोर शरिरको बिभिन्न भागमा चोट रहेको ।
४)    जि. भक्तपुर बालकोट घर भई बस्ने बर्ष ३९ कि समिक्षा कार्की अवस्था बोल्न सक्ने दाहिने खुट्टामा चोट रहेको, उपचारमा श्रीमान सुमन कार्की ।

सुस्मा कोइराला अस्पतालमा उपचार भइरहेका घाइते
१)     जि.सि.पा लिसङ्खुपाखर गा.पा घर भई हाल कपन बस्ने अं. बर्ष  ३१ को संगिता मोक्तान अवस्था बोल्न सक्ने ।  डिस्चार्ज भएको ।  
२)    ऐ.घर भई बस्ने बर्ष ४५ को रेशम कुमार स्याली तामाङ शुस्मा अवस्था बोल्न सक्ने दुबै खुट्टा र ढाडमा चोट रहेको ।
३)    का.जि. का.म.न.पा. ६ घर भई बस्ने बर्ष ५७ को गंगा काफ्ले अवस्था बोल्न सक्ने दाहिने खुट्टामा चोट रहेको । 

पिपल्स अस्पताल साखुमा उपचार भइरहेका घाइते
१)    का.जि. गो.न.पा. ३ घर भई बस्ने बर्ष ४७ को चेत ब. बस्नेत अवस्था बोल्न सक्ने टाउको र छातीमा  चोट रहेको । 
२)    ऐ.घर भई बस्ने बर्ष ४३ कि साबित्रा आचार्य अवस्था बोल्न सक्ने टाउकोमा चोट रहेको ।
३)    का.जि. कागेश्‍वरी मनोहरा न.पा. ४ घर भई बस्ने बर्ष ४३ कि एसु भण्डारी अवस्था बोल्न सक्ने छातिमा र दुबै खुट्टामा चोट रहेको ।
४)    का.जि. गोनपा ३ घर भई बस्ने बर्ष ४४ कि बिमला बर्सौला अवस्था बोल्न सक्ने टाउको र कम्मरमा चोट रहेको ।

एनएमसी अस्पतालमा उपचार भइरहेका घाइते
१)     का.जि. गो.न.पा. ५ जोरपाटी घर भई बस्ने बर्ष ५५।६० को अर्जुन लामीछाने अवस्था बोल्न सक्ने बाहरी चोट नदेखिएको । 
२)    जि. उदयपुर घर भई हाल जि. ललितपुर बालकुमारी बस्ने बर्ष २५ को निर्मल गैरे पिल्स अवस्था बोल्न सक्ने बाहिरी चोट नदेखिएको ( सह-चालक ) 
३)    जि.दोलखा कालिङचोक घर भई हाल का.जि. नयाबस्ति बस्ने बर्ष ३५ को केसाब थापा अवस्था बोल्न सक्ने दाहिने खुट्टामा चोट रहेको  । डिस्चार्ज भएको ।  

मेडिकियर अस्पताल चाबहिलमा उपचार भइरहेका घाइते
१)    का.जि. का.न.म.पा. ६ घर बस्ने बर्ष ४५ कि सरिता सुनुवार अवस्था बोल्न सक्ने दाहिने खुट्टा र टाउकोमा चोट रहेको । 

दिर्घायु अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि.बालाजु घर भई बस्ने बर्ष ६६ को कृष्ण प्रसाद तिवारी अवस्था बोल्न सक्ने अनुहार र छातीमा चोट रहेको ।
२)     जि. अर्घाखाची घर भई हाल का.जि. नैकाप तिनथाना बस्ने बर्ष २४ कि सर्मिला श्रेष्‍ठ अवस्था बोल्न सक्ने छातीमा चोट चोल्न रहेको । 

बीएन्डबी अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि. गो.न.पा. ८ घर भई बस्ने बर्ष ५० कि चेतसा ढकाल अवस्था बोल्न सक्ने दाहिने खुट्टामा चोट रहेको, दिर्घायु अस्पतालबाट २१;३० बजे रिफर भएको  ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad