समाज


जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले जाँचबुझ आयोगलाई दिए बयान

जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले जाँचबुझ आयोगलाई दिए बयान

नेपालखबर
पुस २३, २०८२ बुधबार १७:५, काठमाडौँ

जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान दिएका छन्। 

बुधबार सिंहदरबारस्थित आयोग कार्यालयमा पुगेर उनले करिब डेढ घण्टा बयान दिएका हुन्। यादवले भदौ २३ को आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमित लिएका थिए।

यादवलाई बयानमा आन्दोलन गर्ने पूर्व योजना थियो कि आचानक लिएको निर्णय थियो?, माइतीघरदेखि बानेश्वरसम्म के–कस्ता घटना क्रम भएर र नारा के–कस्ता थिए?,  आन्दोलनमा घुसपैँठ भएको थियो, थिएन? सिंहदरबारमा आगो कस्ले, कसरी लगायो लगायतका प्रश्न सोधिएको थियो। 

उनले यसअघि मानवअधिकार आयोगलाई पनि यसबारे बयान दिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad